२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४५.५९ अंकले गिरावट



अ+ अ-

काठमाडौं । पछिल्लो एक हप्तादेखि निरन्तर रुपमा नेप्से परिसूचक ओरालो लागेको छ ।

साताको दोस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ४५.५९ अंक घटेर २०२०.२३ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२४ अंक, फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७२ अंकले गिरावट आएको छ।

मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार १ अर्ब २७ करोडठ ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

नेप्से निरन्तर ओरालो लागेपनि दुई कम्पनीको शेयर निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। त्यस्तै, हिमालयन बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्पोट माइक्रोफाइनान्स र जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको मूल्य ५ प्रतिशत बढीले गिरावट आएको छ । कारोबार रकमका आधारमा ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ ।