२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

क्युआर कोड मार्फत् एकै महिनामा तीन अर्ब बढीको कारोबार, यो किन लोकप्रिय बन्दैछ ?

क्युआर कोड मार्फत् एकै महिनामा तीन अर्ब बढीको कारोबार, यो किन लोकप्रिय बन्दैछ ?
अ अ+ अ-

काठमाडौं I नेपालमा डिजिटल भुक्तानी गर्न आजभोलि क्युआर कोडको प्रयोग बढ्दो छ । धेरैलाई यो नयाँ र नौलो लाग्न सक्छ । डिजिटल भुक्तानीमा प्रयोग हुने यो बार कोड निकै सहज भएको यसका प्रयोगकर्ताहरु बताउँछन् । खासगरी आजभोलिका युवापुस्ता आफ्ना ब्याग वा पर्समा नगद बोकेर हिँड्न रुचाउँदैनन्, उनीहरु डिजिटल भुक्तानीमा रमाउन थालेका छन् । मोबाइल झिक्यो, क्युआर कोड स्क्यान गर्यो, डिजिटल वालेट वा बैंकको खाताबाट पैसा तिर्यो, हिँड्यो । 

के हो क्युआर कोड ?

अंग्रेजीमा Quick Response code को संक्षिप्त रुप क्युआर कोड (QR Code) हो । यो एक प्रकारले मेसिनले पढ्न मिल्ने अप्टिकल बार कोड हो । यो कोड भित्र कुनै पनि वस्तु वा व्यक्तिका विवरणहरु राखिएका हुन्छन् र त्यसलाई मेसिन वा आजभोलि मोबाइलले पढ्न सकिन्छ । हेर्दा काला धर्काहरुबाट बनेको चारकुने बक्स भित्र व्यक्ति वा सामानका विवरण राखिएका हुन्छन् । बार कोड पढ्न सक्ने अन्य मेसिन झैं आजभोलि स्मार्ट फोनले पनि ती बारकोड वा क्युआर कोड स्क्यान गर्न वा पढ्न सक्दछन् । 

हालै मात्र नेपाल सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिको क्युआर कोड बनाउने निर्णय गरेको थियो । त्यसबाट खोप लगाएका व्यक्तिको विवरण त्यही कोडभित्र प्रविष्ट हुन्छ, र कुनै पनि मुलुकमा क्युआर कोड मेसिनबाट त्यसलाई सहजै पढ्न वा देख्न सकिन्छ । क्युआर कोडभित्र राखिएका सूचना वा विवरण “साइबर आक्रमण” नहुँदासम्म कुनै पनि व्यक्ति वा संस्थाले सितिमिति फेरबदल गर्न सक्दैनन् । 

यी क्युआर कोड सजिलै र तत्क्षण पढ्न सकिने भएकाले पनि अहिले यसको प्रयोग बढ्दो छ । 

यसको प्रयोग कहाँ हुन्छ ?

क्युआर कोड अति सजिलो र सुरक्षित भएकाले यसलाई विभिन्न सेवामा प्रयोग गर्न थालिएको छ । यसको प्रयोग व्यापक क्षेत्रमा हुन्छ, तर यहाँ केही क्षेत्रहरु दिइएको छ ।

    क. मल्टिमिडिया कन्टेट देखाउन

    ख. मोबाइल अपरेटिङ सिस्टम

    ग. भर्चुअल स्टोर

    घ. क्युआर कोड भुक्तानी

    ङ. वेबसाइट भित्र प्रवेश गर्न वा लग इन गर्न

    च. रेष्टुराँमा अर्डर गर्न

    छ. भिडियो खेल

    ज. प्रडक्ट ट्रेसिङ

    झ. कोभिड–१९ महामारी

क्युआर कोड अहिले विश्वभर यति लोकप्रिय भइरहेको छ कि व्यक्ति एवं संस्थाले आफ्ना बारेका जानकारी वा विवरण क्युआर कोडमा राखेर विज्ञापन गरिरहेका हुन्छन् । मोबाइलले ती कोड स्क्यान गर्नासाथ त्यहाँ राखिएका विवरण हेर्न, पढ्न, लिंक गर्न सकिन्छ । कुनै सेवा लिए बापत पैसा तिर्न, टिकट काट्न, ग्रोसरी पसलमा सामानको भुक्तानी गर्न, रेस्टुराँमा बिल तिर्ने समेतका अनेक किसिमका भुक्तानीमा क्युआर कोड प्रयोग गर्न सकिन्छ । मानिसको दैनिक जीवनलाई यी क्युआर कोडले धेरै सजिलो बनाएको छ । 

छिमेकी मुलुक भारतमा रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले पाँच वर्ष अघि सन् २०१६ मा भारत क्युआर नामको क्युआर कोड निर्माण गरेको छ जसलाई भारतका चार मुख्य कार्ड भुक्तानी कम्पनीहरु – रुपे, मास्टरकार्ड, भिसा र अमेरिकन एक्सप्रेस – को साझेदारीमा निर्माण गरिएको थियो । 

नेपालमा पनि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एवं डिजिटल पेमेन्ट कम्पनीहरुलाई क्युआर कोड प्रयोगका लागि प्रोत्साहित गरिरहेको छ । बैंकले रिटेल्समा खासगरी नगद वा डेबिट–क्रेडिट कार्डबाट हुने भुक्तानीको विकल्पमा यस सेवालाई प्रयोगमा ल्याउन चाहेको छ । 

राष्ट्र बैंकको हालैको निर्देशनमा भनिएको छ, “अनुमतिपत्रप्राप्त संस्थाहरुले स्थायी लेखा नम्बर (एब्ल्० लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको बचत खातामा रकमान्तर हुने गरी त्तच् ऋयमभ उपलब्ध गराउन सक्नेछन् । तर, स्थायी लेखा नम्बर नलिएका दैनिक रु. ५००० (अक्षरेपी पाँच हजार मात्र) सम्मको व्यापारिक कारोबार गर्ने प्राकृतिक व्यक्ति÷खुद्रा व्यापारीको हकमा आधिकारिक परिचयपत्रको आधारमा समेत निजको नाममा मर्चेन्टको रुपमा त्तच् ऋयमभ उपलब्ध गराउन सकिनेछ । ”

नेपालमा क्युआर कोडको अवस्था के छ ?

आजभोलि क्युआर कोड प्रणाली हरेकजसो पसल, रेस्टुराँमा देख्न सकिन्छ । कुनै रेस्टुराँमा गएर आफ्नो वालेट वा बैंक एकाउन्टबाट भुक्तानी गर्दा रेस्टुराँका मालिकलाई नाम, थर, बैंक खाता नं. जस्ता विवरण सोध्नुपर्दा निकै असहज वा झन्झट हुन्छ । तर क्युआर कोड स्क्यान गरिए तुरुन्तै रेस्टुराँको विवरण मोबाइलमा आइपुग्छ, र त्यसमा तुरुन्तै पैसा ट्रान्सफर गर्न सकिन्छ । 

नेपालमा अहिले धेरैजसो बैंक, वित्तीय संस्था (जस्तै, नेपाल बैंक, नबिल बैंक, एनआइसी एसिया, मेगा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौं इत्यादि)  तथा डिजिट वालेट सञ्चालन गरिरहेका कम्पनीहरुले यो सेवा दिइरहेका छन् । यसमा अग्रणी सेवाप्रदायकहरु इसेवाको फोन पे, खल्ती इत्यादि रहेका छन् ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधानका अनुसार ग्राहकमा बढ्दै गएको प्रविधिप्रतिको जागरुपता तथा कोरोनाका कारण पनि विद्युतीय कारोवारमा वृद्धि भएको हो । सरकार, नेपाल राष्ट्र बैंक तथा सम्वद्ध अन्य सरकारी तथा गैरसरकारी निकायको सार्थक प्रयासले नगदरहित कारोबारमा अभिवृद्धि हुन पुगेको उहाँको भनाई छ ।

ई सेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले नेपाल राष्ट्र बैंकले यस बर्षको मौद्रिक नीतिमा यस विषयलाई उच्च प्राथामिकता राख्नु निकै सकारात्मक भएको बताउनु भयो   उहाँले भन्नुभयो 'अहिलेको अवस्थामा विकसित देशहरुले गरिरहेकोजस्तो ‘क्यासलेस’ कारोबारलाई प्रोत्साहन गर्नु जरुरी छ  यो बिस्तारै सहज पनि बन्दै गएको छ ।' अघिल्लो बर्षभन्दा यो बर्ष बढी उत्साहजनक रहेको भन्दै उहाँले बिगतमा नगदरहित कारोबार भनेको एउटा सोखको विषय भए पनि अहिले भने अनिवार्य आवश्यकताजस्तो भएको बताउनुभयो । 

नेपाल राष्ट्र बैंकका अनुसार, २०७८ असार मसान्तसम्ममा क्युआर कोड मार्फत ८ लाख ५५ हजार ५६६ वटा कारोबार भएको र त्यसबाट ३ अर्ब ६५ करोड १० लाख रुपैयाँ भुक्तानी भएको थियो । 
कोरोना महामारीको समस्या झेलिरहेको वर्तमान अवस्थामा यस्ता भुक्तानी विधिले ग्राहक र सेवा प्रदायक दुबैलाई फाइदा पुगेको छ ।

डिजिटल इकोनोमीलाई बढावा दिन अहिलेका सूचना प्रविधिले सहयोग गरिरहेका छन् । तर शहरमा बढी केन्द्रित रहेको यस्तो सेवालाई गाउँ–शहर र दुरदराजमा लैजान नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु तथा डिजिटल क्षेत्रमा सक्रिय संस्थाहरुले अझ बढी प्रचार प्रसार गर्नु जरुरी छ ।