२९ फाल्गुन २०८१, बिहीबार
,
Latest
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई इरानद्वारा पत्राचार युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर, २५ वर्षयताकै उच्च : डब्लुएचओ रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ आमाबाट छुट्टिएको छावाको उद्धार ट्रम्पको चेतावनी : युरोपबाट आयात हुने मदिरामा २०० प्रतिशत कर लगाइने स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते नेपालले महिला तथा बालिकाको सशक्तीकरण र समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ अभिनेता सरोज खनालको निर्देशनमा पहिलो फिल्म ‘बगान’ बन्ने



अ+ अ-

काठमाडौं । वरिष्ठ अभिनेता सरोज खनालको निर्देशनमा नेपाली चलचित्र ‘बगान’ निर्माण हुने भएको छ ।

वरिष्ठ अभिनेता खनालको निर्देशनमा बन्न लागेको पहिलो फिल्मको नाम आईतवार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । साथै आज नै फिल्मको तिम्रो सुन्दर आँखा नामक गीत पनि सार्वजनिक भएको छ । अहिले छायाङ्कन भइरहेको फिल्मलाई सुरेश वाग्लेको सहकार्यमा खनाल आफैँले निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै माईती नेपालकी संस्थापक अध्यक्ष एवं समाजसेवी अनुराधा कोईरालाले बालिका र महिला हकहीतको बारेमा फिल्म बन्न लागेको अनुभुति भएको बताउनु भयो ।

उहाँले फिल्ममा वरिष्ठ कलाकाहरु रहेकोले फिल्म राम्रो बन्नेमा विश्वस्त रहेको बताउनु भयो । त्यस्तै अभिनेता, निर्देशक तथा निर्माता दिनेश डिसी दाहालले फिल्मको टिजरमा वास्तविक हुनुपर्ने कुरालाई देखाइएको बताउनु भयो । उहाँले नेपाली फिल्महरुले टिजरमा अब के हुन्छ भन्ने कौतुहलता नउतारेको बेला यो फिल्मले उतारेको भन्दै प्रशंसा गर्नुभयो ।

त्यस्तै नायक आकाश श्रेष्ठले चलचित्रको कथावस्तु उत्कृष्ट रहेको बताउनु भयो । त्यस्तै नव नायिका प्रमिला कार्कीले यो फिल्म आफ्नो डेब्यु भएको र वरिष्ठ कलाकारहरुसँग अभिनय गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । त्यस्तै फिल्मका नवनिर्देशक एवं वरिष्ठ अभिनेता सरोज खनालले शुरुवातमा अभिनय गर्दा नर्भस भएजति नै फिल्म निर्देशनमा पाइला चाल्दा भइरहेको बताउनु भयो । उहाँले आफूले फिल्ममा काम गर्दा सिकेका अनुभवलाई फिल्ममा नयाँ ढंगबाट निर्देशन गर्ने बताउनु भयो ।

फिल्ममा करिश्मा मानन्धर, निर शाह र प्रमिला कार्कीको मुख्य अभिनय रहनेछ । फिल्मलाई आउँदो वैशाखमा हलमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ । गौरीशंकर धुजूको छायाङ्कन रहेको फिल्ममा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पाश्र्व संगीत छ । फिल्मका गीतमा भने सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर दिएका छन् ।