६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुवानी भाडा सस्तिँदा नेपाललाई लाभ



अ+ अ-

काठमाडौं । नेपालले तेस्रो मुलुकबाट सामान आयात गर्दा लाग्ने ढुवानी लागत उल्लेख्य घट्ने भएको छ । सेवाप्रदायकबीच प्रतिस्पर्धाको वातावरण बनेपछि नेपालको वैदेशिक व्यापारमा प्रत्यक्ष लाभ पुगेको सरोकारवालाले बताएका छन् ।

नेपालका लागि भारतीय बन्दरगाह कोलकाता, हल्दिया र विशाखापटनमबाट रेलमार्फत हुने कन्टेनर ढुवानी लागत २५ देखि ३७ प्रतिशतसम्मले घटेको छ ।

नेपालले भारतबाहेक अन्य मुलुकसँग व्यापार गर्दा मुख्य रुपमा दुई थरी ढुवानी खर्चले लागत निर्धारण गर्छ । तीमध्ये पहिलो ‘सी फ्रेड’ अर्थात् समुद्री ढुवानी खर्च र अर्को हो ‘इनल्यान्ड ट्रान्सपोर्टेसन’ अर्थात् स्थल ढुवानी खर्च । नेपालमा आयात हुने कन्टेनरको संख्या वार्षिक लाखको हाराहारीमा पुग्दा यहाँका लागि काम गर्न इच्छुक सिपिङ कम्पनी बढेपछि ‘समुद्री ढुवानी भाडा’ मा प्रतिस्पर्धा बढेको छ, जसको लाभ नेपाललाई यसअघि नै प्राप्त हुन थालेको थियो । अहिले स्थल ढुवानीमा पनि प्रतिस्पर्धा कायम भएकाले त्यसबाट पनि नेपाललाई फाइदा पुग्ने भएको छ ।

२००४ मे २१ मा नेपाल र भारतबीच भएको रेलसेवा सम्झौताले नेपालमा हुने रेलमार्फतको ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर निगम लिमिटेड ९कोन्कर० लाई एकाधिकार दिएको थियो । भारतको पश्चिम बंगालस्थित कोलकाता तथा हल्दिया बन्दरगाह र आन्ध्रप्रदेशको विशाखापटनम बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानी कोन्करले गर्दै आएको थियो ।

गत जुलाईमा सम्झौतामा संशोधन भएर निजी रेल कम्पनीका लागि ढुवानीको बाटो खुलेपछि भारतका निजी रेल सेवाप्रदायक कम्पनीले पनि सेवा दिन सुरु गरिसकेका छन् । यससँगै कोन्करले समेत नेपाली कार्गोका लागि निर्धारित भाडा घटाएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।