६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसको नयाँ भेरिएन्ट भित्रिने डर



अ+ अ-

काठमाडौं । गत जुलाईदेखि हालसम्म संकलित कोभिड–१९ का ९९ नमुना सिक्वेन्सिङ गर्दा ९७ वटामा डेल्टा भेरिएन्ट पुष्टि भयो । दुई नमुनामा वाइल्ड टाइप (चीनको वुहानमा देखिएको) को कोभिड देखियो । सेप्टेम्बर १५ मा ४८ नमुनाको जिन सिक्वेन्सिङबाट ४६ वटामा डेल्टा र दुई वटामा वाइल्ड देखिएको थियो ।

नेपालमा डेल्टा प्लससहित ‘भेरिएन्ट अफ कन्सर्न’ का रूपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरिएन्ट तथा भेरिएन्ट अफ इन्टरेस्टका रूपमा कप्पा भेरिएन्ट (बी.१.६१७.१) पुष्टि भइसकेको छ । साउथ अफ्रिकन, ब्राजिलियन, कोलम्बियामा पाइएको नयाँ भेरिएन्ट भने नेपालमा पाइएको छैन । तर, मुलुकभित्रै नयाँ भेरिएन्ट विकसित हुन सक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् । सीमानाकामा भइरहेको लापरबाहीले नयाँ भेरिएन्ट भित्रिने डर बाँकी नै रहेको विज्ञहरूको भनाइ छ ।

उनीहरूले छिमेकी मुलुक वा नयाँ भेरिएन्टको उद्गम मुलुकबाट आउनेमाथि निरन्तर कडा निगरानी गर्न सुझावसमेत दिए । विमानस्थललगायत विभिन्न प्रवेश बिन्दुवाट भित्रने व्यक्तिलाई हेल्थ डेस्क राखिने र तिनको एन्टिजेन परीक्षणलाई प्राथमिकतासाथ जिनोमिक सिक्वेन्सिङ गरी हेर्ने तयारी थालिएको डा। पौडेलले बताए । ‘तत्काल डेल्टा र डेल्टा प्लसबाहेक अन्य भेरिएन्ट नथपिए पनि प्रवेश बिन्दुबाट त्यो खतरा छ,’ उनले भने ।, यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।