९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३३.७६ अंकले गिरावट



file photo
अ+ अ-

काठमाडौं । पछिल्लो एक साता शेयर बजार मापक नेप्से निरन्तर रुपमा गिरावट आएको छ ।

नेप्से साताको अन्तिम कारोबारको दिन शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.१८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८८ अंकले गिरावट आएको छ ।

शुक्रबार कारोबारमा आएका २२६ कम्पनीको ३८ लाख ४८ हजार कित्ता शेयर १ अर्ब ३० करोड ७३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

शुक्रबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये व्यापार र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेमा भारी अंकले गिरावट आएपनि कारोबारमा आएका दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा उन्नती सहकार्य लघुवित्त र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । अन्य प्रायः सबै कम्पनीको शेयर मूल्य उच्च अंकले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ६ करोडभन्दा बढीको शेयर कारोबार गरेर एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । नागरिक लगानी कोषको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।