२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कबड्डी–४’ले पाँच दिनमै कमायो १२ करोड ५५ लाख



अ+ अ-

काठमाडौं । चलचित्र ‘कबड्डी–४’ले ग्रस कलेक्सनमा ऐतिहासिक रेकर्ड राखिरहेको छ । हालसम्मकै सर्वाधिक शो पाउने चलचित्रको रेकर्ड बनाएको यस फिल्मले कलेक्सनमा पनि नयाँ रेकर्ड कायम गरिरहेको छ ।

पाँच दिनमा फिल्मले १२ करोड ५५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो हालसम्मकै छोटो समयमा भएको धेरै ग्रस कलेक्सन हो ।

गत शुक्रबारबाट हलमा लागेको यो चलचित्रले क्यूएफएक्स चेनमा मात्रै ९८ शो पाएको थियो । यसअघि सबैभन्दा धेरै शो पाउने चलचित्र ‘केजीएफ च्याप्टर–२’ थियो । जसले ८० शो पाएको थियो ।

ओपनिङ डेज हाउसफुल व्यापार गरेको चलचित्रले चार दिनमै १० करोडको आंकडा पार गरेको थियो । चार दिनमा १० करोड ग्रस कलेक्सन गर्ने ‘कबड्डी–४’ नेपालमा नै पहिलो चलचित्र समेत हो ।

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, बुद्दि तामाङ, विजय बराललगायत कलाकारको मुख्य भूमिका छ ।