९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कबड्डी–४’ले पाँच दिनमै कमायो १२ करोड ५५ लाख



अ+ अ-

काठमाडौं । चलचित्र ‘कबड्डी–४’ले ग्रस कलेक्सनमा ऐतिहासिक रेकर्ड राखिरहेको छ । हालसम्मकै सर्वाधिक शो पाउने चलचित्रको रेकर्ड बनाएको यस फिल्मले कलेक्सनमा पनि नयाँ रेकर्ड कायम गरिरहेको छ ।

पाँच दिनमा फिल्मले १२ करोड ५५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो हालसम्मकै छोटो समयमा भएको धेरै ग्रस कलेक्सन हो ।

गत शुक्रबारबाट हलमा लागेको यो चलचित्रले क्यूएफएक्स चेनमा मात्रै ९८ शो पाएको थियो । यसअघि सबैभन्दा धेरै शो पाउने चलचित्र ‘केजीएफ च्याप्टर–२’ थियो । जसले ८० शो पाएको थियो ।

ओपनिङ डेज हाउसफुल व्यापार गरेको चलचित्रले चार दिनमै १० करोडको आंकडा पार गरेको थियो । चार दिनमा १० करोड ग्रस कलेक्सन गर्ने ‘कबड्डी–४’ नेपालमा नै पहिलो चलचित्र समेत हो ।

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, बुद्दि तामाङ, विजय बराललगायत कलाकारको मुख्य भूमिका छ ।