६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलुको मूल्य एक वर्षमा ५४ प्रतिशतसम्म घट्यो



अ+ अ-

काठमाडौं । एक वर्षको अवधिमा आलुको मूल्य ५४ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख भए अनुसार गतवर्षको यसै अवधिको तुलनामा अहिले आलुको मूल्यमा उक्त कमी आएको हो ।

यस वर्ष आन्तरिकका साथै बाह्य बजारबाट पनि पर्याप्त मात्रामा आपूर्ति भइरहेकाले गतवर्षको तुलनामा आलुको मूल्य घटेको बताइएको छ । समितिको तथ्यांक अनुसार गतवर्षको यस अवधिमा भारतीय रातो आलुको मूल्य प्रतिकिलो ५९ रुपैयाँ रहेको थियो । उक्त मूल्य यस वर्ष ५४ प्रतिशतले घटेर प्रतिकिलो २७ रुपैयाँमा सीमित भएको छ । नेपाली रातो आलुको मूल्य अघिल्लो वर्षको यस अवधिमा प्रतिकिलो ९४ रुपैयाँ रहेकोमा यस वर्ष ३९ दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी मुडेको आलुको मूल्य गतवर्ष प्रतिकिलो ८१ रुपैयाँ थियो भने हाल यो मूल्य ३९ दशमलव ५० प्रतिशतले घटेर ४९ रुपैयाँ रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले यस वर्ष आलुको आपूर्ति सहज भएको र भारतीय बजारमा समेत मूल्य घटेकाले नेपालमा पनि सस्तिएको बताए । गतवर्षको यस समयमा नेपालमा बन्दाबन्दीका कारण आपूर्ति प्रभावित हुँदा मूल्य बढेको थियो । उनका अनुसार अहिले कालीमाटी बजारमा भित्रिने कुल आलुमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत आन्तिरिक उत्पादन रहेको छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्यांक अनुसार झापा, इलाम, काभ्रे, सोलुखुम्बु, मोरङ, सप्तरी, मकवानपुर, बारा, रूपन्देही, कैलाली लगायत जिल्लाको करीब २ लाख हेक्टर क्षेत्रफल जमीनमा आलुखेती गरिन्छ । 

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।