९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा ३५.५३ अंकले गिरावट



अ+ अ-

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक मंगलवार पनि उच्च अंकले गिरावट आएको छ ।

साताको दोस्रो कारोबार मंगलवारका दिन नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा झरेको छ ।त्यस्तै सेन्सेटिभ इण्डेक्स ७.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले घटेको छ । मंगलवार कारोबारमा आएका २२९ कम्पनीको ३७ लाख ६९ हजार कित्ता शेयर १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

सोमवारको तुलनामा मंगलवार कारोबार रकममा पनि गिरावट आएको छ । मंगलवार १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियोे । मंगलवार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ ।

बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । मंगलवार नेप्से परिसूचक गिरावट आए पनि उपकार लघुवित्तको शेयरमूल्य भने ८.२३ प्रतिशत बढेको छ । त्यसैगरी, एनएमबी ५० र सामलिङ पावर कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेण्ट बैंकको मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै एनएलजी इन्स्योरेन्सको शेयरमूल्य यस दिन ६.५० प्रतिशत घटेको छ । कर्पोरेट डेभलपमेण्ट बैंक, मल्टीपर्पस फाइनान्स र प्रभु इन्स्योरेन्स शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा ५ करोड ३७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । नबिल बैंक र हिमालयन डिष्टिलरीको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।