२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

३१ वर्षपछि एमाले कर्मचारी संगठन विभाजित



अ+ अ-

काठमाडौं । स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ।

माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्।  

यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको र एकले अर्कोलाई कारबाही गरेको दाबी गरेका छन्। दुवैले संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन नै दाबी गरेका छन्।  

दुवै पक्षले आधिकारिक ट्रेड  युनियनको अध्यक्षमा छुट्टाछुट्टै नेतृत्व पठाएका छन्। २०७३ जेठमा आधिकारिक ट्रेड युनियनको चुनाव हुँदा सबैभन्दा बढी भोट ल्याएको एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले अध्यक्ष पद पाएको थियो। दोस्रो भोट ल्याएको नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले महासचिव पद पाएको थियो। 

आफूले पाएको अध्यक्ष पदमा नेपाल निजामती कर्मचारी संगठनले पुण्य ढकाललाई पठाएको थियो। ढकाल उपसचिव पदमा बढुवा भएपछि रिक्त ठाउँमा आधिकारिक ट्रेड  युनियनका उपाध्यक्ष भोला पोखरेल कार्यबाहक अध्यक्ष नियुक्त भएका थिए। पोखरेल माधव नेपालनिकट मानिन्छन्। 

केपी ओलीनिकट कर्मचारीहरूले भोला पोखरेललाई फिर्ता बोलाई पोखरेलको ठाउँमा ओलीनिकट अध्यक्ष केदार देवकोटाले आफैंलाई सिफारिश गरेका छन्। यता नेपालनिकट कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा कर्मचारी संगठनका पूर्वअध्यक्ष तथा माधव नेपालनिकट मोहन घिमिरललाई सिफारिश गरेका छन्।  

माधव नेपालनिकट कर्मचारीले ओलीनिकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालालगायतका १० जना कर्मचारी नेतालाई संगठनबाट हटाएको घोषणा गरेका छन्। देवकोटाको ठाउँमा रेवन्त गौतमलाई अध्यक्षमा घोषणा गरेका छन्। गौतम यसअघि नेपाल निजामती कर्मचारी संगठनको महासचिव थिए।  

नेपाल पक्षधर कर्मचारीहरूले अध्यक्ष देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालासहित उपाध्यक्षहरू ललिकबहादुर महर्जन, रेणुका केसी, रामचन्द्र जोशी, भवानी दाहाल र सहकोषाध्यक्ष गणेश आचार्यलाई पदबाट हटाएको घोषणा गरेका छन्। 

उनीहरूले अध्यक्षमा गौतमसहित वरिष्ठ उपाध्यक्षमा मोहन गिरीलाई घोषणा गरेका छन्। यसैगरी उपाध्यक्षमा सीता गुरुङ, वेदप्रसाद खवितडा, हरिकाजी राई, हरिदत्त जोशी, जयकान्त झा, राजकुमार दास, नृपराज जोशी, भीमबहादुर विष्ट र दयाराम खत्रीलाई घोषणा गरेका छन्। नेपालनिकट कर्मचारीहरूले शरणकुमार गुरुङ महासचिव पदमा घोषणा गरेका छन्।  

यता, केपी ओलीनिकट कर्मचारीले आगामी माघ ७ र ८गते महाधिवेशनको घोषणा गरको छन्। अर्को पक्षले पार्टीको लेटरप्याड र माइन्युटिङ चोरी भएको उनीहरूले आरोप लगाएका छन्।  

असोज २ गते ओलीनिकट कर्मचारीले काठमाडौंमा राष्ट्रिय भेला तथा केन्द्रीय समितिको बैठक बोलाएपछि संगठनभित्रको विवाद चर्किएको हो। उक्त भेला तथा बैठकलाई नेपाल पक्षधर कर्मचारीहरूले बहिस्कार गरेका थिए। 

भेलाको प्रमुख अतिथिमा एमालेका अध्यक्ष ओलीलाई बोलाइएको थियो। २०४७ सालमा स्थापना भएको कर्मचारी संगठन २०५४ सालमा एमाले विभाजित भई माले गठन हुँदा पनि विभाजित भएको थिएन। तर यसपटक भने विधिवत विभाजन भएको छ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।