२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुल खोल्न सुरु, खोप कहिले  ?



अ+ अ-

काठमाडौं । आइतबार देशभरि ७ सय ३४ जना संक्रमित हुँदा २० वर्षमुनिका ७९ जना छन् । तीमध्ये १० वर्षमुनिका १४ जना छन् । आइतबार कुल संक्रमितमा १०।७६ प्रतिशत बालबालिका छन् । यो संख्या शनिबार ९।६६ प्रतिशत थियो ।

‘देशभरिमा देखिएका संक्रमितमध्ये सरदर ९ प्रतिशत बालबालिका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं बालरोग विशेषज्ञ डा। कृष्ण पौडेलले भने, ‘यो तथ्यांकले जोखिममा बालबालिका नै रहेको देखिन्छ ।’ बालबालिकाको परीक्षण न्यून हुने भएकाले संक्रमितको संख्या यकिन नआउने उनले बताए । केही समयअघि भएको अध्ययनमा ५ वर्षसम्मका ५५ प्रतिशत र ५ देखि १४ वर्षसम्मका ५९ प्रतिशत बालबालिकालाई संक्रमण भएको पाइएको थियो ।

मुलुकमा कोरोना संक्रमितको संख्या उच्च देखिएको २०७८ वैशाख २८ मा २० वर्षमुनिका संक्रमित ९।८२ प्रतिशत मात्रै थिए । त्यस दिन ९ हजार ४ सय ८३ जनालाई कोरोना देखिँदा ९ सय ३२ जना बालबालिका थिए ।

आइतबार देखिएको संख्या वैशाख २८ को भन्दा बढी हो । ‘अरू समूहले खोप लगाए पनि बालबालिकाले लगाउन नपाएकाले उनीहरू जोखिममा रहेको विज्ञहरूले बताएका छन्,’ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने, ‘बालबालिकालाई खोप लगाउन सरकारले उच्च प्राथमिकतामा राखेको छ । पुस, माघसम्म खोप आउन सक्छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।