१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

संसदबाट एमसीसी अनुमोदन, कानुनी हैसियतबारे आआफ्नै व्याख्या

संसदबाट एमसीसी अनुमोदन, कानुनी हैसियतबारे आआफ्नै व्याख्या
अ अ+ अ-

काठमाडौंः नेपालको सार्वभौम संसदले अमेरिकी सहायता कार्यक्रम एमसीसीलाई सामान्य बहुमतका आधारमा अनुमोदन गरेको छ । निकै लामो बहस, विवाद र राजनीतिक ध्रुुवीकरणबीच सत्तारुढ गठबन्धनले नै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई व्याख्यात्मक घोषणा सहित पारित गरेको हो ।

जानकारहरुको भनाईमा कानुनी हैसियत नरहेको व्याख्यात्मक घोषणालाई मूल एमसीसी सम्झौतासँगै राखेर संसदले अनुमोदन गरेको छ, जसमा अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा नेपाल सामेल नहुने घोषणा गरिएको छ ।

यसअघि सत्तारुढ चार दल ­–– नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी दल –– बीच व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नेगरी सहमति जुटाएका थिए ।

वर्तमान गठबन्धन भत्किने खतरा देखिए पछि माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्र लचिलो भएका थिए । ती दलका दोस्रो तहका नेताहरुले तयार पारेको भनिएको व्याख्यात्मक घोषणाको प्रस्ताव यसअघि नेपाल सरकारले एमसीसीलाई सोधिएका प्रश्नको जवाफको सेरोफेरोमै रहेको छ । शनिबार नै तयार पारिएको उक्त प्रस्तावलाई आइतबार बिहान प्रधानमन्त्री निवासमा बसेको शीर्ष नेताहरुको बैठकले अनुमोदनका लागि सहमति दिएको थियो ।

मन्त्रिपरिषद बैठकले व्याख्यात्मक घोषणा सम्बन्धी प्रस्ताव पास गरी संसदमा पेश गरेको थियो । व्याख्यात्मक घोषणामा मुलतः संयुक्त राज्य अमेरिकाको इन्डो­–प्यासिफिक रणनीति लगायतको कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा नबाँधिने उल्लेख छ ।

साथै, एमसीसीलाई अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि हाल विद्यमान वा भविष्यमा निर्माण हुने अमेरिकी कानुन वा नीतिहरुको पालना गर्न नेपाल बाध्य नहुने तथा कम्प्याक्ट कार्यक्रम अन्तर्गत सिर्जना हुने सम्पूर्ण बौद्धिक सम्पत्तिहरु उपर नेपालको स्वामित्व रहने तथा त्यसको पूर्ण उपभोग नेपालले गर्ने घोषणामा उल्लेख छ ।

एमसीए नेपालका सबै गतिविधि तथा कोष तथा लेखा परीक्षण प्रचलित नेपाल कानुन बमोजिम महालेखा परीक्षकबाट गरिने तथा कम्प्याक्ट वा कम्प्याक्ट अन्तर्गतका गतिविधि र कार्यक्रमहरुले नेपालको कानुन वा नीतिहरुको उल्लंघन गरेमा नेपालले तीस दिनको पूर्व लिखित सूचना दिएर कम्प्याक्ट वा एमसीसी अनुदान रकम खारेज गर्ने अधिकार नेपालसँग रहने पनि घोषणामा छ ।

कसले के भने ?

नेपाली काँग्रेसका युवा नेता एवं महामन्त्री गगन थापाले एमसीसीका विषयमा लामो समयदेखि हरेक पछिल्ला सरकारहरु जानकार रहेका बताउँदै आफैंले अघि बढाएको परियोजनामा अहिले आएर फरक विचार राख्नु सस्तो लोकप्रियताका लागि मात्र हो भन्नुुभयो । उहाँले माओवादीका सांसद एवं पूर्वमन्त्री गिरिराजमणी पोखरेलको नामै लिएर आफू सत्तामा हुँदा सही गरेर अहिले थाहा थिएन भन्न पाइन्छ भनी प्रश्न गर्नुभएको थियो । सांसद थापाले संसदले पारित गरेको व्याख्यात्मक घोषणालाई पनि अमेरिकाले मान्नुपर्ने जिकिर गर्नुभयो ।

एकीकृत समाजवादीका नेता झलनाथ खनाल, माओवादी केन्द्रका देव गुरुङले एमसीसी संझौतामा खोटैखोट रहेको र नेपालको सार्वभौम एवं असंलग्न परराष्ट नीतिमा पर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

जनता समाजवादीका नेता डा बाबुराम भट्टराईले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको बताउँदै एमसीसीमा आपत्तिजनक कुरा केही नरहेको दाबी गर्नुभयो ।

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले हामी आफैंले मागेको विकास परियोजनालाई अहिले आएर विरोध गर्नु जायज नभएको बताउँदै भन्नभयो, – चीनबाट पनि बिआरआई अघि बढाएर सहायता ल्याउन सक्नुपर्छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते अपरान्ह २ बजेका लागि बोलाइएको छ ।