१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ का लागि निर्देशक सुकुमारले बढाए दोब्बर पारिश्रमिक



अ+ अ-

एजेन्सी । साउथ सुपरस्टार अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्डन्ना अभिनित फिल्म ‘पुष्पाः द राइज’ बक्स अफिसमा ब्लकबस्टर रह्यो ।

फिल्मले भारतमा मात्र नभई विश्वभर उत्कृष्ट कलेक्सन गरेको थियो । यस्तो अवस्थामा अब फ्यानहरु यो फिल्म ‘पुष्पाः द रुल’ को दोस्रो भागको प्रतिक्षामा छन् । पछिल्लो केही दिनमा ‘पुष्पाः द रुल’ को बारेमा धेरै ठूला अपडेटहरु बाहिर आएका छन् ।

यसै क्रममा अब फिल्मसँग सम्बन्धित नयाँ रिपोर्ट आएको छ, जसमा फिल्मका निर्देशक सुकुमारले ‘पुष्पा’को दोस्रो भागका लागि आफ्नो पारिश्रमिक बढाएको दाबी गरिएको छ ।

रिपोर्टका अनुसार सुकुमारले ‘पुष्पा’ को दोस्रो पार्टका लागि निर्माताहरुबाट मोटो पारिश्रमिक लिनेछन् । सुकुमारले करिब ४० करोड भारु माग गरेको रिपोर्टमा उल्लेख छ । निर्देशकले फिल्मको पहिलो भागका लागि १८ करोड भारु लिएका थिए । अर्थात् अब सुकुमारले ‘पुष्पा २’ को लागि आफ्नो पारिश्रमिक दोब्बर पारिसकेका छन् ।

हालै अर्को साउथ फिल्म ‘केजीएफ च्याप्टर २’ को उत्कृष्ट कमाई गरेको अवस्थामा ‘पुष्पा’का निर्माताले फिल्मको दोस्रो भागको स्क्रिप्टमा केही परिवर्तन गर्ने दाबी गरेका छन् । जानकारीका अनुसार यो बीचमा, स्क्रिप्टमा सानो परिवर्तन गरिएको छ। यस बाहेक चर्चित संगीतकार देवी श्री प्रसादले पनि फिल्मका लागि तीनवटा गीत संगीत दिएका छन् ।

‘पुष्पा’को दोस्रो भाग निकै धमाकेदार हुने अनुमान गरिएको छ । त्यसैले निर्माण पक्षले फिल्मको बजेट पनि बढाएको छ । जानकारीका अनुसार ‘पुष्पा’को पहिलो पार्टको बजेट करिब २०० करोड थियो भने अहिले फिल्मको दोस्रो भाग बनाउन निर्माताले करिब ४०० करोड खर्च गर्ने भएका छन् । फिल्ममा साउथसँगै बलिउड स्टारहरु पनि प्रवेश गर्न सक्नेछन् । यस्तो अवस्थामा निर्माताहरु ‘पुष्पा २’ मार्फत फेरि बक्सअफिसमा धमाका गर्ने तयारीमा छन् ।