२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानका छोरा आर्यनलाई ड्रग्स मुद्दामा ‘क्लिन चिट’



अ+ अ-

मुम्बई । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले लागूऔषध ओसारपसार मुद्दामा चार्जशीट दायर गरेको छ ।

एनसीबीले दायर गरेको आरोपपत्रमा आर्यन खानबाहेक चार जनाको नाम समावेश छ ।

अर्थात् आर्यन खानलाई एजेन्सीले ‘क्लिन चिट’ दिएको छ । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत वर्ष ‘ड्रग अन क्रुज’ मुद्दामा पक्राउ परेका थिए ।

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई सन् २०२१ को अक्टोबरमा मुम्बई क्रुज ड्रग्स मुद्दामा पक्राउ गरिएको थियो । थुप्रै अदालती सुनुवाइहरू र २६ दिन लामो हिरासतपछि बम्बई उच्च अदालतले उनलाई अक्टोबर २८ मा जमानत दिएको थियो । अब अन्ततः उनले एनसीबीबाट क्लिन चिट पाएका छन् ।