११ भाद्र २०८३, बिहीबार
,
Latest
तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलपुर–सुर्खेत प्रसारण लाइनको रुख कटानमा ढिलाइ



अ+ अ-

कर्णाली । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । आगामी भदौमा म्याद सकिन लाग्दा पनि आयोजनाले अहिलेसम्म रुख कटानको अनुमति पाउन सकेको छ्रैन ।

नेपाल विद्युत् प्राधिकरणले रुख कटानसम्बन्धी प्रस्ताव पेश गरेको लामो समय बितिसक्दा पनि वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्मा उक्त प्रस्ताव लैजान ढिलाइ गर्दा आयोजना प्रभावित हुन पुगेको हो । बाउन्न किमी लामो प्रसारण लाइनको अधिकांश भूभाग बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । यस आयोजनाका लागि बाँके, बर्दिया र सुर्खेतमा गरी १३ हजार ११९ रुख कटान गर्नुपर्ने हुन्छ । आयोजनाका प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी निर्णय नहुँदा निर्धारित समयमै आयोजना नबन्ने देखिएको बताउनुभयो ।

“वनजङ्गल नभएको ठाउँमा प्रसारण लाइनको काम भइरहेको छ, निजी जग्गाको मुआब्जा वितरण प्रक्रिया पनि सुरु भइसकेको छ”, उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्बाट रुख कटानको निर्णय नहुँदा आयोजना कम्तीमा एक वर्ष धकेलियो ।” आयोजनाको निर्माण अवधि आगामी भदौमा सकिँदैछ । रु सत्तरी करोड लागतमा भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्टले आयोजना निर्माणको जिम्मेवारी पाएको छ ।

आयोजनाले डबल सर्किटका १७० टावर निर्माण गर्ने प्रस्ताव छ । टावरको उचाइ ११५ मिटरदेखि १६० मिटरसम्म रहेको छ । आयोजनाका अनुसार प्रसारण लाइनको अधिकांश क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती क्षेत्र पर्छ । प्रसारण लाइनको ७०.५४५ भाग वन क्षेत्र, १५.१३५ खेतीयोग्य, २.२६५ बाँझो जमिन तथा ११.०६५ अन्य भागले ओगटेको छ ।

प्रसारण कार्यान्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन तथा सरकारी वन क्षेत्र गरेर कूल २२५ वर्गकिलोमिटर जमिन समेटिने छ । कोहलपुरबाट सुरु भएको प्रसारण लाइन वीरेन्द्रनगरको बुँदबुँदेस्थित सवस्टेशनमा पुगेर टुङ्गिनेछ । एक सय ३२ केभी विद्युत् प्रसारण लाइन विस्तार नहुँदा कर्णालीवासीले विद्युत् सेवामा सास्ती भोग्दै आएका छन् ।