७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने

अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने
अ+ अ-

रामपुर । पाल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावकविहीन बनेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने भएको छ । सहाराविहीन बनेका बालबालिकाको पठनपाठनका लागि पालिकाले सहयोग गर्ने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।

अभिभावकको सहारा नपाएका बालबालिकालाई उचित शिक्षा दिलाउने निर्णय पालिकाले गरेको उहाँले बताउनुभयो । बोलीखबर डटकम र कन्दरा न्यूजको सहकार्यमा बिहीबार भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले अबको पाँच वर्षमा शिक्षामा विशेष परिवर्तन ल्याउने गरी काम गर्ने योजना रहेको जानकारी दिनुभयो ।

दोस्रो कार्यकालका लागि पुनः पालिका अध्यक्षमा चुनिनुभएका थापाले पाँच वर्षको अवधिमा पालिकाभित्र सबै शिक्षामा एकरुपता ल्याउन संस्थागत विद्यालयलाई सामुदायिक विद्यालय गाभेर पठनपाठन कार्य गरेको बताउनुभयो । धनी र गरिबका बालबालिका एकै विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न र शिक्षाको नाममा चर्को शुल्क उठाउने कार्यले अभिभावक मारमा परेको हुँदा सामुदायिक विद्यालयलाई सुधार गरी संस्थागत विद्यालयमा नै दिने शिक्षा प्रदान गर्दै आएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

उहाँ भन्नुभयो, “एकैपटक ठूलै परिवर्तन हुन्छ भनेर गफ दिनुभन्दा क्रमिकरूपमा काम गरेर देखाउने हो, अबको पाँच वर्ष यहाँका अभिभावक र बालबालिकाले शैक्षिक क्षेत्रमा केही परिवर्तन पाउनुहुनेछ, विज्ञान र प्रविधिमा जोड, असल जनशक्ति उत्पादन, शिक्षा विकासका काम हुनेछन् ।”

पत्रकार भेटघाटमा अध्यक्ष थापाले नागरिकको आयस्तर वृद्धि गर्न कृषि र पशुपालनका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो । ठाउँअनुसार फरक–फरक खालको कृषि र पशुपालनका कार्यक्रम, बाँझो जग्गालाई सदुपयोग गरी खेतीयोग्य बनाउन सामूहिक कृषि कार्य गरी गाउँमै स्वरोजगार सिर्जना गर्ने र बसाइँसराइ हुने दर कम गर्ने खालका कार्यक्रम पालिकाले अगाडि सारेको छ ।

आधारभूत स्वास्थ्य सेवालाई प्रभाकारी बनाउने, स्वास्थ्य सरसफाइ, स्वास्थ्य सेवा थप वृद्धि गर्न निर्माणाधीन १५ शय्याको अस्पतालको भवन सम्पन्नपश्चात सेवा सञ्चालनजस्ता कार्यक्रम पालिकाले तय गरेको छ । विद्युत् सेवालाई विस्तार गरी काठका पोल हटाउने, टुकीरहित पालिका बनाउने, एक घर एक धारा, सडक व्यवस्थित गर्ने, सडक स्तरोन्नति, सबै सरकारी कार्यालयमा छिटो–छरितो सेवाप्रवाहजस्ता कुरामा जोड दिइएको छ ।

शून्य होमडेलिभरी कार्यक्रमलाई निरन्तरता दिँदै अबको पाँच वर्षमा सुशासनको पाटोमा सहज बनाउने, न्याय सम्पादनमा जोड दिँदै विगत पाँच वर्षमा पूरा गर्न नसकेका अधुरा कामलाई पूरा गरी समृद्ध पूर्वखोला, खुसी गाउँवासी बनाउने सङ्कल्प ल्याएको गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले निर्वाचनमा कुनै दलको प्रतिनिधिका रूपमा उम्मेदवार भए पनि निर्वाचित भइसकेपछि जनताको प्रतिनिधि भएर काम गर्न सकियो भने नागरिकले विकासको अनुभूति गर्न पाउने बताउनुभयो ।

पूर्वखोलामा गएको पाँच वर्षमा शिक्षा र स्वास्थ्यमा अधारभूत सेवा, महिला सशक्तीकरण, सबै स्वास्थ्य संस्थामा सुत्केरी सेवा, सामुदायिक स्वास्थ्य एकाइ सेवा, प्रयोगशाला, गर्भवतीलाई लक्षित गरेर भिडियो एक्सरे सेवा, सबै बस्तीमा मोटरबाटो संरचना तयार, एक घर एक धारा अभियानजस्ता काम भएका छन् । रासस