७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

सर्वोच्चका न्यायाधीशलाई मन्त्री झाँक्रीको चेतावनी: संसदमा आएर फेस गर्ने आँट छ ?

सर्वोच्चका न्यायाधीशलाई मन्त्री झाँक्रीको चेतावनी: संसदमा आएर फेस गर्ने आँट छ ?
अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाउनुभएको छ ।

शुक्रवार नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताउनु भएको हो । उहाँले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गरेको निर्णय हो भन्दै प्रश्न गर्नुभयो । उहाँले अदालतले रुख फाँड्ने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरुको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने तर यो निर्णय कसैको प्रभावमा आएर गरेको निर्णय भएको आरोप लगाउनु भयो ।

मन्त्री झाँक्रीले सबै न्यायाधीशहरु प्रधानन्यायाधीश हुने लाइनमा रहेको भए ससदमा आएर फेस गर्नसमेत चुनौति दिनुभयो । उहाँले सरकारले विमानस्थलको बुटा मात्रै काट्ने निर्णय गरेको हो भने मात्रै सर्वोच्चको यो निर्णय सही हुनसक्ने बताउनु भयो ।

मन्त्री झाँक्रीले भन्नुभयो, ‘अदालतले निजगढ नबनाउ भन्यो । अदालतले निजगढ एयरपोर्ट नबनाउ भन्दै गर्दा कुन कुरालाई समातेर निर्णय भएको छ भन्ने कुरा हेरौँ । ८ हजार कि कति हेक्टरमा रुख फाँड्ने कुरालाई भनेको छ भने त्यसको विकल्प दिन सकिन्छ । त्यहा अव्यवस्थित ढंगले जग्गा अतिक्रमण गरेर बसेकाको अधिकारलाई टेकेर त्यो कुरा गरेको हो भने त्यसको अर्को उपचार गर्न सकिन्छ । यदी त्यहाँ एयरपोर्ट चल्दैन भन्छ भने त्यसको बारेमा अर्को उपचार गर्न सकिन्छ । तर न्यायालय पनि आज प्रश्न भन्दा बाहिर छैन नि ।

प्रत्येक न्यायाधीशहरु यदी प्रधानन्यायाधीश हुने लाइनमा छन् भने संसदमा आएर फेस गर्नुपर्छ । त्यो भनेको पब्लिकलाई फेस गर्नु हो । हाम्रो संविधानमा भएको धेरै राम्रो व्यवस्था हो यो । यो पहिलोपटक भयो अन्तरिम संविधान निर्माण यता । त्यसैले श्रीमानहरुले गरेको निर्णय सम्मानित अदालतको आदेश सरकारले मान्छ तर तपाईहरुले कुन कुरा, कुन प्रिन्सिपललाई टेकेर निर्णय गर्नुभयो ? सरकारको भेष्टेट इन्ट्रेस बुटामात्रै काट्ने छ भने अदालतले गरेको निर्णय ठिक हो । नेपालमा अर्को ठाउँमा शहर विकास गर्ने, अन्तर्राष्ट्रिय अर्को एयरपोर्ट बनाएर ट्रान्जिट गर्न सहज बनाउने हो भने श्रीमानहरु यो निर्णय गर्दा कतैबाट प्रभावित पो हुनुभयो कि ? निवेदकहरु कतैबाट प्रभावित भएर यो काम गरिाख्नुभएको छ कि ? हामीले यहाँबाट हेर्नुपर्छ ।’

मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा गरेको सम्बोधनमाथि पनि प्रश्न उठाउनु भयो । उहाँले अध्यक्ष ओलीले गरेको सम्बोधनको कुनै तुक नरहेको टिप्पणी गर्नुभयो । मन्त्री झाँक्रीले गफले मात्रै देशको समृद्धि हुननसक्ने भन्दै साढे तीन घण्टा बोल्न आफूले पनि सक्ने बताउनु भयो । उहाँले कुर्सीमा बसेर अध्यक्ष ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै आफू बोलरै आएको हुनाले साढे तीन घण्टा बोल्न कुनै गाह्रो नभएको र कुर्सीमा नबसीकनै बोल्न सक्नेभन्दै व्यंग्य गर्नुभयो ।

मन्त्री झाँक्रीले भन्नुभयो, ‘हाम्रो पूर्व प्रधानमन्त्रीले भन्नुभयो कि भ्यूटावर समृद्धिका द्योतक हुन् भन्नुभयो । हुन्, त्यसमा हामीलाई कुनै सन्देह छैन । तर एउटा टावर मात्रै समृद्धिको द्योतक हो कि, त्यस वरपरको प्लानिङ,त्यो अनुसारको इकोनोमी ग्रोथ, त्यो अनुसारको इन्फास्ट्रक्चर, त्यो अनुसारको साइडमा त्यसलाई सस्टेन हुने अरु पूर्वाधार । एक ठाउँमा साढे ३ अर्बको टावर ठड्याएर समृद्धि आउँछ त ? कमर्सियल सिहवाले भन्ने हो भनेपनि त्यो टावर सस्टेन गर्नको लागि त्यसमा अरु चाहिन्छ कि चाहिँदैन । मान्छे जानुपर्छ, रमिता हेर्न, मान्छे जाने पूर्वाधार, कति चाहिन्छ, त्यसको कोरिलेशन हुँदैन र ? गफै दिएर हुन्छ अहिलेसम्म । गफैमा जम्मे कुरा गर्ने हो भने साढे तीन घण्टा बोल्न त मलाई पनि आउँछ । बोलेरै आएकी हुँ उहिले । तर साढे तीन घण्टा बोल्दै गर्दा कति क्रेडिबल कुरा गरेँ, कति कन्सिटेन्सीका साथ कुरा गरेँ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । म त अझै आफ्नै खुट्टामा उभिएर बोल्न सक्छु, कुर्सी पनि चाहिँदैन ।’

मन्त्री झाँक्रीले नीति नियमको दुरुपयोगका कारण चक्रपथ बाहिरको सडक नबनेको दाबी गर्नुभयो । उहाँले बञ्चरे डाँडामा फोहोर फाल्न नदिने काम काठमाडौंवासीहरुले नै त्यहाँको जग्गा किनेर स्थानीयहरुलाई उचालेको आरोप लगाउनु भयो ।