२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित

बन्द भएको नागेंचा नाच सञ्चालन गर्न महानगरको अनुदान

बन्द भएको नागेंचा नाच सञ्चालन गर्न महानगरको अनुदान
अ अ+ अ-

काठमाडौँ । आर्थिक अभाव भएर ०७० सालपछि रोकिएको नागेंचा प्याखँ (नाच) सञ्चालन गर्न काठमाडौँ महानगरले अनुदान दिएको छ । अनुदान पाएपछि यस बर्षदेखि नाच प्रदर्शन थालिएको छ । हरेक बर्ष यँया पुन्हीबाट सुरु भएर ३ दिनसम्म चावहिल, जय बागेश्वरीलगायतका ९ ठाउँमा नाच प्रदर्शन गर्ने परम्परा छ । काठमाडौँ महानगरको वडा ७ चारुमती विहारमा ०७० सालमा प्रदर्शन भएको नाच त्यसपछि ०७८ असोज ४ गते चारुमती विहारमा प्रदर्शन गरियो ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नाचमा बजाइने बाद्य सामाग्री गुठीयारहरुलाई दिएर नाच शुभारम्भ गर्नुभएको थियो । विहारमा नाच्नुअघि चावहिल स्तुपनजिक रहेको नास द्यः (नाचका देवता) को पूजा गरेर नाच सुरु गरिएको थियो । यो पूजा जयबागेश्वरीका गुरुजुले गराउने चलन छ । नाच आज बेलुका साढे ६ बजे जयबागेश्वरी मन्दिरमा परिसरमा नचाइने छ । 

प्याखँ पुनः सञ्चालन शुरुवात अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, आर्थिक अभाव भएर मौलिक र परम्परागत कुनै पनि सांस्कृतिक चलन नरोकिने बताउनुभयो ।   

‘गुठी गहनाका धार्मिक सांस्कृतिक काम नरोकिउन भनेर हामीले २ करोड रुपैयाँ बजेट विनियोजन गरेका छौँ । गुँला बाजा संरक्षण र बाजा गुरुहरुको प्रोत्साहनका लागि राज्यकोतर्फबाट लगानी बढाएका छौँ । यस क्रममा पशुपति क्षेत्रमा पनि गुँला खलः रहेको हाम्रो जानकारी आएपछि यो समूहलाई पनि सहयोग गरेका छौँ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘गुठीयारहरुसँग समन्वय भएका सबै ठाउँमा हामी पुगेका छौँ । गुठीयारको सहभागिता भएन भने हाम्रो प्रयास अपर्याप्त हुन्छ । त्यसको संरक्षणमा समस्या हुन सक्छ । हामी सम्पदा बनाउँछौँ, जोगाउँछौँ र त्यसलाई जीवन्त बनाउने क्रियाकलापका लागि गुठीयारलाई जिम्मा लगाउँछौँ ।’ 

त्यस क्रममा वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले, नागेँचा प्याखँ अक्षय कोष स्थापना गर्न महानगरले सहयोग गर्नुपर्ने बताउनुभयो । अक्षय कोषबाट प्राप्त रकम दिगो हुन्छ । 
यो नाच पशुपति क्षेत्रमा रहेको अमालकोट कचहरीले सञ्चालन गर्ने गरेको थियो । यसका लागि १ लाख रुपैयाँ दिने गथ्र्यो । त्यो रकमले नाचसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न नपुग्ने भएपछि बन्द भएको थियो । नागेँचा प्याखँ संरक्षण समितिका अध्यक्ष जलाद वैद्यले भन्नुभयो, ‘काठमाडौँ महानगरले नाचलाई पुनर्जीवन दियो । यसबाट स्थानीयहरुमा खुशीको सञ्चार प्रवाह भएको छ ।’

शिव पार्वतीको प्रेम कथामा आधारित यो नाचलार्ई किराँतकालीन मानिन्छ । शिव र पार्वतीको प्रेमिल क्रियाकलाप भइरहँदा विचमा पार्वती हराउँछिन् । त्यसपछि शिवले पार्वतीलाई खोज्न थाल्छन् । पार्वती खोज्न सघाउनेलाई आफूसँग भएका गरगहना दिन थाल्छन् । ४५ मिनेटदेखि १ घण्टासम्म देखाइने यो नाचको अन्त्यमा शिव र पार्वतीको भेट हुन्छ । संयोगान्त कथामा नाच समापन हुन्छ । 

यो नाच सिकाउने गुरु चारुमती विहारका शाक्यहरु नै हुनुपर्छ । सिक्नचाहिँ नेवार समुदायको जो भए पनि हुन्छ । नाचलाई नियमित गर्न महानगरले गएको आर्थिक बर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये ६ लाख रुपैयाँ निकासा भइसकेको छ । सम्पदा तथा पर्यटन विभागका उपनिर्देशक सृजु प्रधानका अनुसार रोकिएको नाच पुनःसञ्चालन गर्न प्रशिक्षण चलाउनुपर्ने, बाजा, पोशाक, मुकुट र गहना किन्नुपर्ने भएकोले गएको बर्ष धेरै रकम थियो । अहिलेसम्ममा नाच सञ्चालन गर्ने आधार तयार भएको छ । यस बर्षका लागि ५ लाख रुपैयाँ छ ।

यो बर्ष महादेवको भूमिकामा रोनी शाक्य र सुप्लप शाक्य र पार्वतीको भूमिकामा आयुश डंगोल र उमित वैद्य हुनुहुन्छ । नाचका प्रशिक्षक रुपेश शाक्यकाअनुसार यो नाचमा पार्वतीको भूमिकामा पनि बालकहरुलाई सहभागी गराइन्छ । यो बर्ष पार्वतीको भूमिकामा रहनुभएका आयुश ९ बर्षको हुनुहुन्छ । नाचको प्रशिक्षण रुपेशसँगै कृष्ण, सचिन र निरेश शाक्यले गर्नुभएको हो । 

परम्परागत गायन र वाद्य तालमा यो नाच नाचिन्छ । चो ताल, प्रताल र जाति नाचका मुख्य ताल हुन् । यसको गायकीमा खीँ, धा, नायखिँ, ता, छुस्या, भुस्या र छ्वालीमाली बाजा बजाइन्छ । शिवको भूमिकामा नाच्नेले मखुन्डो लगाउँछन् भने पार्वतीको भूमिकामा हुनेले मुकुट लगाउँछन् । शिवको सरीरको माथिल्लो भागमा खुल्ला हुृन्छ । सुरुवाल र कमरमा पेटी लगाउँछन् । जय बागेश्वरीले लगाएकोजस्तो घाँटीबाट दुईतिर झुण्ड्याएर सिक्री लगाउँछन् । पार्वतीले भने माथि चोलो कमरमा पेटी लगाएको हुन्छ । उनको माला भने एकातर्फ मात्र फर्किएको हुन्छ ।