रूपन्देही । बुटवल मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने स्थानीय गणेश पंगेनीमाथि मुद्दा नचलाउन नेकपा एमाले बुटवल उपमहानगर कमिटीले आग्रह गरेको छ । सोमबार ज्योतिनगर क्षेत्रको पहिरो अवलोकनमा गएका मेयर शिवराज सुवेदीमाथि स्थानिय स्थानीय गणेश पंगेनीले मुक्का प्रहार गरेका थिए ।
घटनाको आलोचना गर्दै एमाले नगर अध्यक्ष बाबुराम पन्थीले आक्रमण गर्ने व्यक्तिविरूद्ध मुद्दा चलाउन दबाब नदिने बताएका हुन् । घटनाको विरोध तथा दोषीलाई अनुसन्धानमा ल्याउन दबाब आएपछि सोमबार साँझ नै उनी पक्राउ परेका छन् ।
आइतबार रातिदेखिको लगातार वर्षाका कारण चुरेबाट पहिरो खसेको हो । पहिरोका कारण यति लामो समय आफूहरु विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आक्रोश पोख्दै ति स्थानीय स्थानीय गणेश पंगेनीले मेयर सुवेदीमाथी मुक्का प्रहार गरेका थिए ।
यो पनि पढ्नुहोस्: