२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित

भैरव अर्यालको ८६ औं जन्मजयन्ती: साहित्यिक योगदान बारे विशेष चर्चा

भैरव अर्यालको ८६ औं जन्मजयन्ती: साहित्यिक योगदान बारे विशेष चर्चा
अ अ+ अ-

काठमाडौं ।नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६ औं जन्मजयन्तीको अवसरमा मंगलवार राजधानीमा उनको साहित्यिक योगदान माथि चर्चा गरियो । भैरव पुरस्कार गुठीले आयोजना गरेकोे कार्यक्रममा वक्ताहरूले हास्यव्यङ्ग्य साहित्यको श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदानको स्मरण गर्दै उनका रचनाहरू कालजयी भएको बताए ।

नेपाली साहित्य बाहेक पत्रकारिकताको क्षेत्रमा पनि उनको देन अमूल्य रहेको वक्ताहरूको भनाइ थियो ।अर्यालको प्रेरणाबाट धेरै साहित्यकार तथा पत्रकारहरू जन्मिएको भन्दै उनीहरूले  राज्यबाट अर्यालको योगदानको कदर हुन नसकेको गुनासो गरे ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकारहरू बद्री अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदी लगायतले अर्यालको जीवनका विविध पाटोबारे प्रकाश पारे ।

सोही अवसरमा भैरव स्मृति भवनमा निर्मित सभाकक्ष हास्यव्यङ्ग्यकार वासुदेव लुइँटेल, आख्यानकार रमेश विकलमा सर्मिपत तथा अत्याधुनिक पुस्तकालयको वागमती प्रदेशका सभासद् छिरिङ दोर्जे लामाले उद्घाटन गरे ।

१९९३ साल असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालले केवल ४० वर्षको उमेरमा २०३३ साल असोज १९ गते देहत्याग गरेका थिए । अर्यालका जयभुँडी, काउकुती, इतिश्री, दश अवतार, गलबन्दी, उपवन लगायतका कृतिहरू लोकप्रिय छन् ।