२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित

ओमान भ्रमण सकेर नेपाली टोली स्वदेश फर्कियो

ओमान भ्रमण सकेर नेपाली टोली स्वदेश फर्कियो
अ अ+ अ-

काठमाडौं । ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । युवा खेलाडी बाहुल्यता रहेको टोलीले भ्रमणका चार खेल मध्येका दुई खेलमा जित निकाल्न सफल भयो । साथै आईसिसि विश्वकप क्रिकेट लिग डिभिजन–२ को तालिकामा स्थान सुधार समेत गरेर फर्किएको छ । लगानी गरे अनुसार युवा खेलाडीको प्रदर्शन राम्रो भएको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल आगामी दिनमा थप अनुभवको जरुरी भएको स्वदेश फर्किएपछि विमानस्थलमा बताए ।

आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान गएको नेपाली टिम आजस्वदेश फर्किएको हो । नेपाली टोलीलाई क्यानका….छुम्बी लामाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे । अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकाल्दा पहिलो पटक लिग–२ को खेलमा ओमान पराजित गर्दै ऐतिहासिक सफलता पनि पा¥यो । घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्नु टोलीका लागि राम्रो पक्ष भएको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताए । युवा खेलाडीमा गरेको लगानीको प्रतिफलको असर विस्तार टोलीमा देखिन थालेको बताए ।

कप्तान मल्लले सिरिजमा अझै राम्रो गर्नका लागि धेरै भन्दा धेरै खेल युवा खेलाडीका लागि खाँचो रहेको थपे । यस्तै प्रशिक्षक डेभ ह्वाटमोरको छोटो बसाईमा टोलीमा राम्रो छाप परे पनि दीर्घकालिन योजन अनुसार अगाडि बढ्न असर पर्ने कप्तान मल्लले तर्क राखे ।

खेलका ८ खेल मध्ये चारमा सफलता हात पारेको नेपालले तालिकामा दुई स्थान सुधार गर्दै चौंथो स्थानमा उक्लिदा नेपाली युवा खेलाडीको प्रदर्शन तारिफ योग्य रह्यो । यस अघि ओपनिङमा समस्या देखिँदै आएकोमा ओमान भ्रमणमा भने केही सुधारिएको प्रदर्शन नेपाली टोली गर्न सफल भयो । कुशल भुर्तेल र आशिफ शेखले नेपाली टोलीको ओपनिङ इनिङ्लाई सम्हालेका थिए । जसमा दुबै ब्याट्सम्यानले व्यक्तिगत करियमा भ्रमण सार्थक बनाउन सफल भए । ओपनिङ मध्येका युवा ब्याट्स म्यान कुशल भुर्तेलले रणनीतिक हिसाबमा खेल्दा ओमान भ्रमण व्यक्तिगत र टोलीका लागि राम्रो भएको प्रतिक्रिया दिए ।

यस्तै राष्ट्रिय टोलीबाट एक दिवसीय खेलमा डेब्युको मौका पाएका विक्रम शोबले पनि भ्रमण व्यक्तिगत करियर र टोलीका लागि राम्रो भएको प्रतिक्रिया दिए । विक्रम शोबले अमेरिका विरुद्ध डेब्यु गर्दा पाएको पहिलो ओभरको बलिङको पनि पहिलो बलमा विकेट  निकाल्न सफल भएका थिए । व्यक्तिग खेललार्ई निर्खानका लागि अझै मिहिनेत गर्नु पर्ने उनले बताए ।

बिक्रमको अलावा ओमान भ्रमणमा गुल्सन झाले राष्ट्रिय टोलीमा डेब्यू गर्दा कप्तान ज्ञानेन्द्र मल्ल एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन । साथै कप्तान मल्लले एक दिवसीय करिअरमा चार वटा अर्धशतक पनि पूरा गरेका छन् । चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन । एक दिवसीय खेलमा पहिलो पटक ओमानविरुद्ध बलिङ गर्दा शरद भेषवाकरले पहिलो विकेट आफ्नो नाममा पनि लेखाए । त्रिकोणात्मक सिरिज अघि नेपाली टोलीले ओमान रहँदा पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज क्लिन स्विप गरेको थियो ।