१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः भारतले हटायो खोप निर्यातमा लगाएको रोक, नेपालले १० लाख डोज कोभिसिल्ड पाउने



अ+ अ-

नयाँदिल्ली । भारतले आउँदो अक्टोबरदेखि खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाउने भएको छ । 

सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले विदेशमा खोप निर्यात हुने घोषणा गरेका हुन् ।

भारतको सो घोषणाले यता नेपाललाई राहत मिलेको छ । भारतले निर्यात प्रतिबन्ध फुकुवा गरेसँगै नेपालले अक्टोबरमा १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गर्ने भएको छ । 

उक्त मात्राको खोपका लागि यसअघिनै नेपालले उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई भुक्तानी पनि गरिसकेको छ ।