२७ फाल्गुन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक बस्दै, आज विपक्षी नेता ओलीले नीति तथा कार्यक्रमबारे बोल्ने



अ+ अ-

काठमाडौं । आज संसदको बैठक बस्दैछ र आजदेखि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही १० गते संसदमा सम्बोधन गरी सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममाथि आजबाट संसदमा छलफल हुने भएको हो ।

आज सुरुमै संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले ती नीति तथा कार्यक्रममाथि बोल्नुहुने भएको हो । एमालेले सो नीति तथा कार्यक्रमको विरोध गर्दै आएको छ ।

सरकारले आगामी १५ गते बजेट ल्याउँदैछ । यस नीति तथा कार्यक्रममाथि आवश्यक छलफल गरी संसदले पारित गरेपछि यसैमा आधारित रहेर बजेट ल्याउने कार्यक्रम छ ।