२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उजुरी पर्दैमा सबै दोषी ठहरिँदैन: आयुक्त सिलवाल



अ+ अ-

मनाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले अधिकारलाई सही रुपमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया’मा अधिकारको दुरुपयोग गर्ने कार्यको नियन्त्रणमा अख्तियार प्रतिबद्ध रहेको बताउनुभयो ।

“उजुरी विभिन्न किसिमका हुन्छन्, स्थानीय तहलाई प्रत्यायोजन भएको अधिकारको सही उपयोग भएको छ वा छैन र अख्तियार दुरुपयोग भएमा सचेत गराउनाका साथै सूक्ष्म रुपमा अनुसन्धान गरी सही बाटोमा ल्याउन सचेत गराउन आवश्यक रहेको छ,” आयुक्त सिलवालले भन्नुभयो । धेरै प्रकारका उजुरी परे पनि सबै दोषी नठहरिने उहाँको भनाइ छ ।

“हामीले अख्तियारी गर्ने, जनप्रतिनिधिलाई प्रदत्त अधिकारको दुरुपयोग भएको छ वा छैन अनुसन्धान गर्ने हो, दोषी ठहरिएमा कारबाहीको भागिदार हो भनेर प्रमाणित गर्ने जिम्मा अदालतले गर्छ, हामी सहयोगी हौँ,” उहाँले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि सचेत हुनुपर्छ ।” आवश्यक परेको खण्डमा अख्तियारले स्थलगत अनुगमनसमेत गर्ने अधिकार प्राप्त भएको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति मनाङका प्रमुख यज्ञप्रसाद घलेले सानो जिल्लाको समेत अख्तियारमा उजुरी पर्नु सुखद नभएको बताउनुभयो । घलेले सानो जिल्ला र थोरै जनसङ्ख्या भए पनि विकास निर्माणका कार्यमा उजुरी परेको जानकारी पाएको बताउनुभयो । यसको नियन्त्रणमा जनप्रतिनिधिहरू सचेत भएर भ्रष्टाचारमुक्त मनाङका स्थानीय तह बनाउनतर्फ लाग्नुपर्ने घलेले बताउनुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव शेरजङ्ग कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका कार्यालय प्रमुख पार्वती शर्मा, मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भ्रष्टाचारमुक्त जिल्ला र स्थानीय तह बनाउन जनप्रतिनिधिले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।