७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

ट्राफिक व्यवस्थापन गर्न सरकारी जग्गाको खोजी

ट्राफिक व्यवस्थापन गर्न सरकारी जग्गाको खोजी
अ+ अ-

बलेवा । बागलुङ बजारको ट्राफिक व्यवस्थापनका लागि सवारीसाधन पार्किङ गर्न सरकारी जग्गाको खोजी सुरु गरिएको छ ।

नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आएसँगै बागलुङ बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका निम्ती पहिलो पहल थालिएको छ । नगर कार्यपालिकाको मङ्गलबार बसेको दोस्रो बैठकले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनका निम्ती जग्गा खोजी गर्ने निर्णय गरेको छ । बजारमा बढ्दो सवारी साधनको चापले हरेक नागरिकले सास्ती खेप्नुपर्ने भएका कारण नगरपालिकाले पहिलो प्राथमिकता ट्राफिक व्यवस्थापनका निम्ती दिइएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार जग्गा व्यवस्थापनका निम्ती बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलको संयोजकत्वमा बजार क्षेत्रका वडाध्यक्षसहितको समिति बनाइएको छ । त्यसमा वडा नं १ का वडाध्यक्ष जयबहादुर खत्री, वडा नं ३ का अध्यक्ष सोनी केसी र वडा नं ४ वडाध्यक्ष कुमारविक्रम क्षेत्री सदस्य रहनुभएको छ ।

समितिले अबका १० दिनभित्र निजी तथा सरकारी जग्गाको अध्ययन गरी आवश्यक प्रतिवेदन पेश गर्नुपर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । कार्यपालिका बैठकले विभिन्न विषयगत समिति गठन गरी जिम्मेवारी तोकेको छ । पहिलो चरणमा पाँच विषयगत समिति गठन गरिएको हो ।

नगरपालिकाको आर्थिक विकास समितिको संयोजकमा वडा नं १३ का वडाध्यक्ष नारायण शर्मा पौडेल, सामाजिक विकास समितिको संयोजकमा वडा नं ११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतम, पूर्वाधार विकास समितिको संयोजकमा वडा नं ८ का वडाध्यक्ष छमबहादुर कार्की, वन तथा वातावरण विपद् व्यवस्थापन समितिमा वडा नं ९ का अध्यक्ष राजु थापा र सुसासन तथा संस्थागत विकास समितिको संयोजकमा कुमारविक्रम क्षेत्रीलाई जिम्मेवारी प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट तथा कार्यक्रम तर्जुमाका लागि कार्यतालिकासमेत निर्माण गरेको छ । असार १० गतेसम्म नगरपालिकामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने भएको हुँदा सोही अनुसार बजेट तथा कार्यक्रम तर्जुमाका लागि कार्यतालिका निर्माण गरिएको सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो ।

कार्यपालिका बैठकले नगर क्षेत्रभित्र नयाँ सडक खोल्नका लागि अति आवश्यकताबाहेक सबै रोक्ने निर्णय गरेको छ । नगरभित्रका सबै वडा र गाउँसम्म सडक सञ्जाल जोडिएको र अब तिनै सडकलाई स्तोरन्नति गर्ने गरी योजना बनाइएको हुँदा नयाँ सडक खोल्ने काम रोक्ने निर्णय गरिएको गौतमले बताउनुभयो ।

“नगरभित्र सबै वडाका गाउँगाउँमा सडक पुगेको छ”, गौतमले भन्नुभयो, “कुनै स्थानमा नपुगेको भए वडाले निर्णय गरेपछि मात्र नगरबाट स्वीकृत हुन्छ, नयाँ सडक निर्माण गर्दा मापदण्डअनुसार मात्र निर्माण गरिने छ, इन्जिनियर गएर हेरेपछि मात्र सडक खनिने छ, डोजरको प्रयोग पनि न्यूनीकरण गरिनेछ ।” अहिले भएका सडकको थप व्यवस्थापन गरी नगरभित्र बाह्रै महिना यातायात सञ्चालनका निम्ती नगरपालिकाले यस्तो निर्णय गरेको गौतम भनाइ छ ।

नगर कार्यपालिकाले बागलुङ प्रवेशद्धारका रुपमा रहेको मालढुङ्गामा पुल नजिकै रहेका व्यापारिक होडिङ बोर्डलाई हटाउने र लाइटिङ प्रविधिको डिजिटल होडिङबोड राख्ने निर्णय गरेको छ । त्यसका लागि तत्काल काम अगाडि बढ्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । रासस