© 2023
काठमाडौँ । काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक भ्यू टावर तेस्रो वर्षमा प्रवेश गरेको छ । वन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको स्काइवाक काठमाडौंको दृश्यावलोकनका लागि उपयुक्त गन्तव्यका रुपमा चिनिदै आएको छ । वार्षिक उत्सवका अवसरमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूकै फोटोसहितको कप नि:शुल्क उपहार दिइने स्काइवाक काठमाडौंका अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिनुभयो ।