© 2023
मङ्गलबारे । सन्दकपुर गाउँपालिका माइपोखरी (आलुबारी) घर भएका महेश्वर फागो दक्षिणी इलामको चुलाचुलीमा झरेर हाते कागज उद्योग सञ्चालन गरिरहनुभएको छ । अर्गेली (नेपाली कागज बनाउन प्रयोग गरिने एक प्रकारको बुटो) र लोक्ता प्रशोधन गरेर हाते कागज बनाउँदा घाममा सुकाउन अनिवार्य भएकाले तराईमा आएर उद्योग सञ्चालन गर्नुपरेको उहाँको भनाइ छ ।