© 2023
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर घाइते भएकामध्ये २१ जनाको महारजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता, डा गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये २१ जनाको उपचार भइरहेको जानकारी दिनुभयो । उक्त अस्पतालबाट हाल उपचार गरेर ५५ जना घर फर्किएका छन् ।