© 2023
बागलुङ। आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले एक वर्ष अघि सम्पन्न गरेको छ । बागलुङको दक्षिण भेग कुश्मिसेराबाट बरेङ हुँदै शान्तिपुर जाड्ने सडकको रुम्टाखोलामा एक वर्ष अघि पुल निर्माण गरिएको हो । पुल अभावमा वर्षायाममा सवारीसाधन ठप्प हुने समस्या अन्त्य भएको भन्दै स्थानीय हर्षित भएका छन् ।