२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

बाँके। बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित राप्ती नदीमा निर्माणाधीन पुललाई विस्तार गरी नदीको पूरै बहाव क्षेत्र समेट्नुपर्ने स्थानीयको माग छ । निर्माणाधीन ७०० मिटर लामो पुललाई थप ४४० मिटरमा विस्तार गर्न सके बाढी, डुबान तथा कटानको जोखिम न्यूनीकरणसँगै आवागमनमा समेत थप सहजता हुने स्थानीयको भनाइ छ