© 2023
काठमाडौँ। करिब दुईदशकदेखि टेलिभिजन र नेपाली चलचित्रमा माग्ने बुढा पात्रको रुपमा परिचित हुनुहुन्छ केदार घिमिरे । प्रदर्शनको तयारीमा रहेको घिमिरे अभिनित चलचित्र ‘माग्ने राजा’ उहाँको त्यही पात्रको कथाको वृत्तान्त हो । अभिनेता तथा हाँस्य कलाकार घिमिरे ‘माग्ने राजा’ चलचित्रमा एउटा सामान्य व्यक्तिले आफूलाई राजा ठानेपछि आउने घटनाक्रमलाई प्रस्तुत गरिएको बताउनुहुन्छ