© 2023
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको हो । बैठकमा समसामयिक परिस्थितिबारे छलफल हुने छ । यसैगरी बाढी पहिरोले पुर्याएको क्षति, उद्धार र राहतमा सरकारको भूमिकाको विषयमा बैठकमा छलफल हुने छ ।