२२ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’

भोजपुर। ग्रामीण क्षेत्रसम्म सडक सञ्जाल र यातायातको पहुँच विस्तार भएसँगै भोजपुरका दुर्गम गाउँमा पालिएका खसीबोकाले सहज रूपमा बजार र उचित मूल्य पाउन थालेका छन् । यातायातको सहजतासँगै स्थानीयस्तरमा उत्पादन भएका खसीबोका ठूला सहरमा जान थालेपछि किसानलाई बेचबिखनमा पनि सहजता भएको हो । यसबाट आर्थिक उपार्जन पनि राम्रो भएको छ ।