२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तिलाहारमा बेठीका साथ रोपाइँ

भोजपुर । तिलाहारमा बेठी लगाएर रोपाइँ गरिएको छ । पञ्चैबाजा बजाएर भोज खुवाई पौवादुङमा– १ श्यामशीलाका धनबहादुर पाण्डले १९ हल गोरुसहित १८० जना खेतालाले रोपाइँ गरेका हुन् । गाउँघरका सबै भेला भएर पञ्चैबाजा बजाएर ६५ रोपनीमा रोपाइँ गरिएको हो । परम्परा लोप हुन नदिन बेठी गरिएको किसान पाण्डेले बताउनुभयो ।