© 2023
विराटनगर। विराटनगर महानगरपालिकाले अविरल वर्षाका कारण महानगर क्षेत्रमा प्रभावित परिवारलाई राहत वितरणमा कुनै कमी हुन नदिने जनाएको छ । महानगर प्रमुख नागेश कोइरालाले आज यहाँ क्रियाशील सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गरी यस कार्यमा सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ । महानगरको समन्वयमा आज बिहानको खाना अग्रवाल सेवा समितिले उपलब्ध गराएको थियो