© 2023
काभ्रेपलाञ्चोक। जेनजी प्रदर्शनका क्रममा नख्खु कारगारबाट भागेका १८ कैदीबन्दीलाई आज काभ्रेपलाञ्चोकको मङ्गलटारबाट पक्राउ गरिएको छ । कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टकला (साह)सहित १८ जनालाई भाग्दै गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिनुभयो ।