२२ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल गुणस्तर परिषद्को बैठकः विभिन्न गुणस्तर मापदण्ड स्वीकृत

काठमाडौँ। नेपाल गुणस्तर परिषद्को ११औँ बैठकले नेपाल गुणस्तर तथा अन्तरराष्ट्रिय मापदण्डका मस्यौदामाथि छलफल गरी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले नेपाल गुणस्तर निर्धारण तथा पुनरावलोकनका लागि गठित प्राविधिक समितिबाट सिफारिस भएका विभिन्न गुणस्तरको मापदण्ड स्वीकृत गरेको हो । बैठकमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागिता रहेको थियो