१३ भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौँ। अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै छ। डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यी दुई टोलीबीचको खेल अपराह्न १ः१५ बजे सुरु हुनेछ। सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा छ। नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा रहेको छ।