५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

अमरगढी । विभिन्न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन् । गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका हुन् । यी सामानको सट्टामा अहिले बजारमा आधुनिक उपकरणबाट उत्पादित सामान भित्रिन थालेका छन् । तामाको भाँडाको सट्टामा स्टिल, प्लास्टिकका भाँडाको प्रयोग बढ्दो छ ।