© 2023
एजेन्सी । एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत फाइनल खेलमा अष्ट्रेलियाका ट्रेभिस हेडले शतक बनाएका छन् । भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाका लागि उनले ९५ बलमा शतक बनाएका हुन् । हाल अष्ट्रेलिया ३५ ओभरमा ३ विकेटको क्षतिमा १९२ रनको अवस्थामा छ । अष्ट्रेलिया जिततर्फ अग्रसर देखिएको छ ।