© 2023
बागलुङ। बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सघाउने भएको छ । आज ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रलोपा)का उम्मेदवार पदमबहादुर कुँवरले नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई समर्थन गरेको बताउनुभयो । आज कांग्रेसका उम्मेदवार पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा कुँवरले पौडेललाई सघाउने घोषणा गर्नुभयो