१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित

काठमाडौँ।  वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित हुनुभएको छ । वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँलाई रु ५१ हजार पुरस्कार राशि र सम्मानपत्रसहित सम्मान गरिएको हो । वकालत तथा न्याय क्षेत्रमा विशिष्ट योगदान गरेवापत उहाँलाई प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालले बताउनुभयो ।