७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राखेपका पूर्वसदस्यसचिव किशोरबहादुर सिंहको निधन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव किशोरबहादुर सिंहको हृदयाघातबाट निधन भएको छ । बिहीबार बिहान उनको नर्भिक अस्पतालमा निधन भएको हो । सामान्य पेट दुखेपछि उनलाई नर्भिक अस्पताल लगी भर्ना गरिएको थियो । उपचारका क्रममा हृदयाघात भई उनको निधन भएको बताइएको छ ।