© 2023
जनकपुरधाम। रसुवाको भोटेकोशी आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामका पूजा साहको चिन्ता अझै बढ्दै गएको छ । आफ्ना श्रीमान् अझै जीवित र सकुशल रहेको विश्वासमा रहेका पूजाले सामाजिक सञ्जालमा श्रीमान् इन्जिनियर अजयप्रसाद सिंहलाई भावुक सन्देश लेख्दै उहाँको खोज र उद्धारका लागि सरकारसँग अपिल गर्नुभएको छ