© 2023
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बयान लिएको छ । पतञ्जलि योगपीठको जग्गा अनियमितताको अनुसन्धानका क्रममा अख्तियारले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग बयान लिएको हो । अख्तियारले नेपालसँग तीन साताअघि नै बयान लिएको हो । अख्तियारको टोलीले टंगालस्थित कार्यालयमै बोलाएर बयान लिएको बताइएको छ ।