५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरः बालेन्द्रको अग्रता अझ फराकिलो, ५५,७७७ मत प्राप्त



अ+ अ-

काठमाडौं महानगरको मतगणना जारी छ । पछिल्लो विवरण अनुसार, महानगरको प्रमुखका प्रत्यासी स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५५ हजार ७७७ मत ल्याइसक्नु भएको छ ।

दोस्रो स्थानमा रहनु भएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ प्राप्त गर्नु भएको छ ।

तेस्रो स्थानमा रहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ प्राप्त गर्नु भएको छ । यसैगरी स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ३२२ तथा राप्रपाका मदनदाश श्रेष्ठले २ हजार ९९६ मत प्राप्त गर्नु भएको छ ।

उपप्रमुखमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाउनु भएको छ । उहाँले ५१ हजार २०७ मत प्राप्त गर्नु भएको छ जबकी उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एसका रामेश्‍वर श्रेष्ठले झण्डै एक तिहाई कम अर्थात १७ हजार ३४८ मत प्राप्त गर्नु भएको छ । दुई उम्मेदवारबीच झण्डै ३० हजारको मतान्तर रहेको छ ।