७ श्रावण २०८३, बिहीबार
,
Latest
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ



अ+ अ-

काठमाडौँ । विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने चाबहिलको सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ परेका छन्। कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको हो। उनी सामाजिक विषयका शिक्षकसमेत हुन् ।

यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै विद्यालयकै युनिफर्ममा प्रहरी वृत्त, गौशालामा आन्दोलनमा विद्यार्थीहरु उत्रिएपछि प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको हो ।

छलफल गर्नुपर्ने छ भनी मंगलबार प्रहरीले शिक्षक र अभिभावकलाई गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो । छलफलका लागि शिक्षक आएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पीडित विद्यार्थीले उजुरी दिएका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले बताए । प्रहरी वृत्तबाहिर अहिले पनि विद्यार्थीहरुले प्रदर्शन गरिरहेको बताइएको छ ।

पक्राउ परेका शिक्षक अधिकारी नेकपा (एमाले)का नेता पनि हुन् । एमाले नेता गोकुल बाँस्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा उनी मिडिया विश्लेषकमा नियुक्त भएका थिए । साथै विसं २०७४ मा प्रदेशसभा सदस्यको उम्मेदवारमा एमालेको काभ्रे जिल्ला समितिले उनलाई सिफारिससमेत गरेको थियो । यद्यपि उनले टिकट भने पाउन सकेका थिएनन् ।

कोअर्डिनेटर अधिकारीले विद्यालयकी एक छात्रालाई पछिल्लो एक/दुई महिनायता यौन दुर्व्यवहार गर्दै आएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका थिए ।

फेसबुकमा उनले ‘तिमीले मिनिस्कर्ट लगाएको कस्तो सेक्सी देखिएको कमेन्ट गरेका थिए । साथै उनले ‘विल यु बि माई बेड पार्टनर ?’ ‘तिम्रो घर टाढा छ मेरो घरमै बस। भाडा पनि लिदिनँ। गाडी भाडा पनि मै दिन्छु। कलेजमा पनि फ्री गरिदिन्छु। तिमीले मेरो बेडको स्याटिस्फ्याक्सन पूरा गरिदिनुपर्‍यो ।’ जस्ता कमेन्टसमेत लेखेका थिए ।