२ पुष २०८२, बुधबार
,
Latest
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ



अ+ अ-

काठमाडौँ । विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने चाबहिलको सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ परेका छन्। कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको हो। उनी सामाजिक विषयका शिक्षकसमेत हुन् ।

यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै विद्यालयकै युनिफर्ममा प्रहरी वृत्त, गौशालामा आन्दोलनमा विद्यार्थीहरु उत्रिएपछि प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको हो ।

छलफल गर्नुपर्ने छ भनी मंगलबार प्रहरीले शिक्षक र अभिभावकलाई गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो । छलफलका लागि शिक्षक आएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पीडित विद्यार्थीले उजुरी दिएका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले बताए । प्रहरी वृत्तबाहिर अहिले पनि विद्यार्थीहरुले प्रदर्शन गरिरहेको बताइएको छ ।

पक्राउ परेका शिक्षक अधिकारी नेकपा (एमाले)का नेता पनि हुन् । एमाले नेता गोकुल बाँस्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा उनी मिडिया विश्लेषकमा नियुक्त भएका थिए । साथै विसं २०७४ मा प्रदेशसभा सदस्यको उम्मेदवारमा एमालेको काभ्रे जिल्ला समितिले उनलाई सिफारिससमेत गरेको थियो । यद्यपि उनले टिकट भने पाउन सकेका थिएनन् ।

कोअर्डिनेटर अधिकारीले विद्यालयकी एक छात्रालाई पछिल्लो एक/दुई महिनायता यौन दुर्व्यवहार गर्दै आएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका थिए ।

फेसबुकमा उनले ‘तिमीले मिनिस्कर्ट लगाएको कस्तो सेक्सी देखिएको कमेन्ट गरेका थिए । साथै उनले ‘विल यु बि माई बेड पार्टनर ?’ ‘तिम्रो घर टाढा छ मेरो घरमै बस। भाडा पनि लिदिनँ। गाडी भाडा पनि मै दिन्छु। कलेजमा पनि फ्री गरिदिन्छु। तिमीले मेरो बेडको स्याटिस्फ्याक्सन पूरा गरिदिनुपर्‍यो ।’ जस्ता कमेन्टसमेत लेखेका थिए ।