७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

आफ्नो तलबभत्ताबाट मासिक राहत वितरण गर्ने

आफ्नो तलबभत्ताबाट मासिक राहत वितरण गर्ने
अ+ अ-

सिरहा । लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले आफ्नो तलबभत्तावापत आउने रकमबाट हरेक महिना दलित बस्तीमा राहत बाँड्ने घोषणा गर्नुभएको छ ।

पदभार ग्रहण गर्नुहुँदै उहाँले नियमानुसार आफूले नगरपालिकाबाट पाउने तलबभत्ताबाट मासिक दलित बस्तीमा चामल, दाल, नुन र तेललगायतका सामग्री वितरण गर्ने घोषणा गर्नुभयो । तलबभत्ताबाट नगरका करिब चार हजार घरधुरी दलित बस्तीमध्ये हरेक महिनाको २२ गते प्रतिपरिवार १० किलो चामल, एक लिटर खानेतेल र एक किलो नुन बाँड्ने नगरप्रमुख चौधरीले बताउनुभयो ।

यस्तै उहाँले प्रत्येक नागरिकको व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने र मुसहर समुदायलाई किरिया खर्चका लागि रु पाँच हजार नगद नगरपालिकाले दिने घोषणासमेत गर्नुभयो । नागरिकताको सिफारिस, जन्म, मृत्यु, विवाह दर्ता निःशुल्क गरिने जानकारी दिनुभयो ।