७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय

स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय
अ+ अ-

वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गर्नुभएको हो ।

रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । “स्याङ्जा जिल्ला अस्पतालमा डायलासिस सेवा विस्तार र ‘ब्लड बैंक’ स्थापनालाई पहिलो प्राथमिकतामा राखेर निर्णय गरिएको छ”, नगरप्रमुख रेग्मीले भन्नुभयो, “सार्वसाधारणमा स्वास्थ्यको सहज पहुँचका लागि थालिएको अभियानलाई पूर्णता दिने गरी थालनी गरेका हौँ ।”

हाल सञ्चालनमा रहेको डायलासिस सेवालाई विस्तार र प्रभावकारी ढङ्गबाट सञ्चालन गर्ने, ‘ब्लड बैंक’ स्थापना गरी सहजरुपमा रगत उपलब्ध गराउने कार्यकालागि आर्थिक वर्ष २०७८/७९ को विपद् व्यवस्थापन कोषबाट रु १० लाख निकासा गर्न लागिएको छ ।डायलासिस सेवालाई विस्तार र थप प्रभावकारी बनाउन आवश्यक स्वास्थ्यकर्मी, बायोमेडिकल टेक्निसियन तथा पूर्वाधार निर्माण गरिने भएको छ । जिल्ला अस्पतालमा हाल नियमितरुपमा १२ मिर्गौलाका बिरामीलाई डायलासिस गरिँदै आएकामा त्यसलाई विस्तार गरी ४५ जनालाई सेवा उपलब्ध गराउने गरी आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्न लागिएको छ ।

सेवा थप विस्तार भएसँगै मिर्गौलाका बिरामीलाई डायलासिस गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुनाका साथै जिल्ला अस्पतालमा शल्यक्रियामार्फत हुने सुत्केरी सेवा र अन्य बिरामीलाई अत्यावश्यक पर्ने रगत सहजरुपमा उपलब्ध गराएर रगतको अभावमा अकालमै मृत्यु हुनबाट रोक्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।