• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

मतगणना नसकिँदै भरतपुरको मेयरमा रेणु दाहाल विजयी हुने पक्का



रेनु दाहाल

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेणु दाहाल र चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ ।

जम्मा ११ हजार १७३ मत गन्न बाँकी रहँदा गन्न बाँकी रहेको मतभन्दा पनि बढीको मतान्तर बनाएपछि दाहाल र अधिकारीको विजय सुनिश्चित भएको हो ।

निर्वाचन कार्यालयका अनुसार मेयरमा रेणु दाहालले ४७ हजार २३८ मत ल्याएकी छन् । त्यसैगरी मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३५ हजार ६९६ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ३२१ मत छ ।

दाहाल र दोस्रो स्थानमा रहेका सुवेदीबीचको मतान्तर ११ हजार भन्दा बढी रहेको छ । जुन अन्तर अब गन्न बाँकी मतभन्दा पनि धेरै हो । त्यसैगरी उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी झनै फराकिलो मतान्तरले विजयी सुनिश्चित गरेका छन् ।

उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत छ । अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर छ ।

आयोगले दुई वडाको मतपरिणाम सार्वजनिक भएसँगै भरतपुरको नतिजा औपचारिक रुपमा घोषणा गर्नेछ ।